प्रदेश समाचारफिचरविजनेससमाचार

कर्णालीमा प्राइम सेवा सुरु

Share

सुर्खेत । कर्णालीको राजधानी सुर्खेतमा प्राइम सेवा सुरु भएको छ। बिधिगत रुपमा एक बर्ष पहिले नै उद्घाटन भैसकेको यो सेवा हाल मात्र सन्चालनमा आएको हो।

कर्णाली को राज्धानी सहर बिरेन्द्रनगरलाई केन्द्रित गरेर यो सेवा सन्चालनमा ल्याइएको हो। प्राईम सेवाका निर्देशक अनुप राज शाहीका अनुसार हाल बिरेन्द्रनगरमा ३५ ओटा सकृय राइडर प्राईम सेवा मा आबद्ध भइ सकृय रुपमा सेवा प्रवाह गरिरहेको छन् ।

प्रयोगकर्ताले आफ्नो मोबाईलमा प्राईम सेवा याप डाउन्लोड गरि यो सेवा लिन सक्ने छन्। काठमाडौ लगायत देशका विभिन्न सहर्हरुमा सन्चालनमा आइरहेको प्राइम सेवा अब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि सहज रुप्मा उपलब्ध छ।

यस याप बाट राइड शेरिङ मात्र नभएर खाना डेलिभेरी, स्वास्थ्य सेवा, खाध्यन्न, हेलिकप्टर, प्लने टिकट, गाडी रेन्ट, एम्बुलेन्स सेवा, प्लम्बर, ईलेक्ट्रीसियन जस्ता बिभिन्न सेवाहरु पनि बूक गर्न सकिने ब्यवस्था रहेको छ । यसका साथै बिभिन्न डिजिटल सेवाहरु थप गर्दै जाने कम्पनिको भावि योजना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *