समाचार

धरानका मेयरलाई प्रश्न सोध्दा एक दिन हिरासतमा

Share

विराटनगर । सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको बताए । तर मुद्दा चलाउनुपर्ने कारण नभएकाले उनलाई छाडिएको उनको भनाइ छ ।

उनले सरी है भन्दै साम्पाङलाई प्रश्न गरेका थिए, ‘तपाईंहरुले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ ।’

तर मेयर साम्पाङले उनलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गरेका थिए ।

कार्यक्रमपछि मेयरले नै आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । मेयर साम्पाङले भने फेसबुकमा बदमासलाई प्रहरीको जिम्मा लगाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *