राजनीतिसमाचार

कोरोना संक्रमणबाट पूर्वमन्त्री पहाडीको मृत्यु

Share

काठमाडौं : कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ। सक्रमण देखिएपछि घर मै होम आइसोलेशनमा बसेका  ७८ वर्षीय पहाडीको हिजो  नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका थिए। उनको गएराति नै मृत्यु भएकाे जिल्ला अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।   

डोल्पा घर भएका पहाडि पछिल्ला दिनहरुमा नेपालगन्जमा बसोबास गर्दै आएका थिए। 

पहाडी २०३८ सालमा सूर्य बहादुर थापाको मन्त्री मण्डलमा निर्माण तथा यातायात सहायक मन्त्री बनेका थिए।  २०५२ सालको शेर बहादुर देउवा मन्त्रिमण्डलमा पनि पहाडी मन्त्री बनेका थिए।

 २०४६ सालको परिवर्तनपछि कांग्रेस प्रवेश गरेका उनी २०५१ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका थिए। पछि कांग्रेस प्रवेश गरी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भू संरक्षण  र आपूर्ति मन्त्री बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *