अन्य

७२ औँ मदन जयन्तीको अवसरमा देउती बज्यै मन्दिर सरसरफाई कार्यक्रम

Share

सुर्खेत- ७२ औँ मदन जयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटी द्वारा आयोजित पर्यटकीय तथा धार्मीक क्ष्ेत्र देउती वजै परिसरमा सरसरफाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको प्रमुख आतिथ्य र कर्णाली प्रदेश माननीय एवम् पुर्व आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, पुर्व सामाजिक विकास मन्त्री टेकराज पछाई, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अमृत वि.सी र मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य टिका विष्टको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमालेका नेता, कार्यकर्ता, पत्रकार, स्थानीयबासी, विभिन्न विधाका खेलाडी लगायतको उपस्थिति रहेको थियो। यस्तै विभिन्न समाजिक धार्मीक तथा खेलकुद गतिविधी गर्दै आइरहेको नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीले आगामी दिनमा काक्रेविहार, वुलवुले ताल लगायत अन्य पर्यटकिय एमव् सामाजिक तथा धार्मीक क्ष्ेत्रहरुमा पनि सरसफाई तथा वृक्षा रोपण कार्याक्रम गर्ने कार्ययोजना रहेको महासंघका कर्णाली प्रदेश कमिटी अध्यक्ष सुरज थापाले जानकारी दिनुभएको छ । यसैगरी हालसालै नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश माताहतका विभिन्न जिल्ला कमिटीहरुले हुम्लामा भलिवल, जुम्लामा अन्डर १६ दौड प्रतियोगतिा, कालिकोटमा चेस, सुर्खेतमा कराँते र जाजरकोटमा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *