राजनीतिसमाचार

व्याकुल माइलालाई सरकारले मासिक ५० हजार भत्ता दिने

Share

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ।

यसअघि उनलाई मासिक २५ हजार रूपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रूपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री कार्कीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *