प्रदेश समाचारफिचरराजनीतिसमाचार

सुर्खेतमा टिकट काट्ने बिषयमा यातायात व्यावसायि बिच झडप

Share

सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ ।

झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरमा भखरै सञ्चालनमा आएको  भिजिट कर्णाली यातायात प्रालिका कर्मचारीमाथि शनिबार बिहान संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपात गरेका हुन ।

बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ ।त्यसपछि दुई समूहबीच झडप भएको थियो

सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।

हामीले कसैलाई घोचपेच गरेका छैनौं । आफ्नै तरिकाले काम गरिरहेका छौं । कुनै कारणविना एक्कासी आएर हाम्रा कर्मचारीमाथी हातपात गरियो भिजिट कर्णाली यातायातका प्रकाश खडका भन्छन यी पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका छन् । नयाँ आउँने प्रतिस्प्रधी व्यवसायीहरुमा चौतफी प्रहार गर्दै आएका छन् ।

दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *