जुम्ला एमालेबाट प्रतिनिधिसभामा रतननाथ योगी एकल सिफारिस
जुम्ला – नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगी जुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । नेकपा एमाले जिल्ला कमिटीको बैठकले योगीलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।
एमाले जुम्लाका पुर्व पार्टी सचिव एवम् तिला गाउँपालिकाका पुर्व अध्यक्ष समेत भइसकेका योगी एमालेभित्र आशा लाग्दा नेताको रुपमा चिनिन्छन् । स्थानीय सरकारको अनुभव बटुलिसकेका योगी युवामाझ लोकप्रिय र भिजनेवल नेता भएकाले प्रतिनिधि सभा निर्वाचनका लागी बलियो उम्मेदवार हुन् ।