ज्ञानेन्द्र शाहिको शब्दमा रचना रिमालले गाइन गित
काठमाण्डौ । जुम्ला जिल्ला बाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाहीको सिर्जनामा रहेको एक गीतको रेकर्डिङ गरिएको छ ।
शाहीको शब्द, हरि लम्सालको संगीत रहेको ‘कसको लायौं सिन्दुर’ बोलको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
यो गीतमा गायिका रचना रिमाल र गायक जोसेफ शाही ठकुरीले स्वर दिएका छन् ।
चक्र बहादुर चन्द यो गीतको कार्यकारी निर्माताका रुपमा रहेका छन।