प्रदेश समाचारफिचरसमाचार

सम्झौताको दश महिनापछि च्याछरा सडकको स्तरोन्नती कार्य सुरु

Share

हुम्ला – हुम्लाको हिल्सा-सिमकोट सडकको असजिलो चट्टानी भीरको च्याछरा खण्डको सडकलाई सम्झौताको दश महिनापछि स्तरोन्नती कार्य सुरु भएको छ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले डोजर काठमाडौंबाट केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्साबाट निर्माण स्थलमा ल्याइ पुर्याएपछि कामले गति लिएको हो ।

निर्माण कम्पनी ओसिस इन्जिनीयरिङ एण्ड बिल्डर्सका स्थानीयका अनुसार हिल्सा सिमकोट सडकको च्याछरामा निर्माण कार्य धमाधम भइरहेको छ ।

हाल मेशिनले सडक खन्ने र कामदारबाट ग्याविन लगाउने कार्य भइरहेको छ । च्याछरामा सडकको ग्रेड नमिलेको भन्दै चर्को विरोध भइरहेका बेला च्याछराको भिरालो सडकको अगाडी ग्याविन वाल लगाउने कार्य तीब्र रुपमा भइरहेको छ । ग्याविन भरेर सडकको ग्रेड मिलाइने बताउदै सामान ढुवानीमा समस्या रहेको बताए ।

राष्ट्रिय सडक सञ्जालसँग अझै माथिल्लो हुम्ला नजोडिएको कारण सडक निर्माणका लागि आवश्यक पर्ने मेशिन, इन्धन, ग्याविन तार सबै केरुङ नाकाबाट ल्याउन पर्ने भएको कारण काम सुरु गर्न ढिलाइ भएको बताउदै उनले एक लट सामान केरुङ नाकाबाट ल्याइ सकिएको र अब पून सामान सोही नाकाबाट ल्याउने तयारीमा कम्पनी रहेको बताए ।

निर्माण सामाग्री समयमै जुटाउन सके कामलाई तीब्रता दिन सकिने र आगामी दशैसम्म जिम्माको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले गत वर्ष चैत महिनामा निर्माण कम्पनीसँग सम्झौता गरेको बताए ।

सडकको स्तरोन्नती कार्य २०८४ सालको चैत महिनामा सम्पन्न गर्ने गरी आयोजनासँग निर्माण कम्पनीले सम्झौता गरेको हो । यसका लागि तीस करोड बजेटको ब्यवस्था गरिएको छ ।

सम्झौता भएको लामो समयसम्म निर्माण कार्य सुरु नभएपछि आयोजनाले ताकेता पत्र कम्पनीलाई काटेको थियो । सडकको ट्रयाक खुलाउने कार्य भने यसअघि नै भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *