कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचारसूचना-प्रविधि

दिगो वन ब्यबस्थापन सम्बन्धी तालिम सुरू

Share


सुर्खेत – दिगाे वन व्यवस्थापन सम्बन्धि ६ दिने वन अनुसन्धान तथा प्रशिक्षण तालिम सुरू भएकाे छ। अाज पाैष २० गते आइतबार देखि देखि २५ गतेसम्म वन अनुसन्धान तथा प्रशिक्षण तालिम सन्चालन हुने भएकाे छ।

कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालयका कर्मचारी उपस्थिती रहेकाे यस तालिमले वन व्यवस्थापनकाे दीगाे कार्ययाेजना निर्माण गर्ने, वन पैदावर संकलन गरि राजस्व वृद्वि गर्ने अपेक्षा लिइएकाे छ ।

तालिममा २८ जना पुरूष र ५ जना महिला गरि ३३ जना सहभागी रहेकाे वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका निर्देशक रेणुका न्याैपानले जानकारी दिनुभयो ।

तालिमकाे उद्वघाटन उधाेग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव श्री अजित कुमार कर्णले गरेका थिए । तालिममा डिभिजन वन अधिकृत बिजय राज सुवेदी , मुनबहादुर रावत, राधाकृष्ण दास तथा वन वज्ञ श्रावण बस्नेतले ६ दिन सम्म प्रिशिक्षण गरी अन्तर प्रदेश भ्रमण समेत गराइने भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *