कर्णाली प्रदेशफिचरसमाचारसूचना-प्रविधि

राष्ट्रिय सडक संजालमा जोडियो गोठी गाउँ

Share

हुम्ला । हुम्ला जिल्ला सर्केगाड गाउपालिकाको वडा नं-५ गोठी गाउँ राष्ट्रिय  सडक संजालमा जोडीएको छ।

पहिलो पटक घर आगनैमा गाडि पुग्दा स्थानियबासिमा खुसियाली छाएको छ। उक्त अबसरमा स्थानिय बासिले बाजा गाजा सहित स्वागत गर्दै खुसियाली मनाएका छन।

घर आगनमै गाडि गुडेको देख्ने बर्षौ देखिको सपना पूरा भय पछि स्थानियले गाउँमा लहरै लाइन लागेर आएका यात्रुले भरिएका बोलेरो जीपलाई बाजागाजा बजाएर चालक तथा यात्रुलाई अबिर, फूलमाला र अक्षता लगाउने कार्य गरेका थिए।

गोठि गाउँ राष्ट्रिय सडक संजालमा मात्र जोडियन अब गाउमै गाडी पुगेपछि बिरामीदेखि सबै खाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भन्दै स्थानियले खुसी व्यक्त गरेका छन ।

स्थानिय जेस्ठ नागरिक लालबिर छत्यालले भने “हाम्मा पालामा हामिले गाडि धेकेनौ गाडि चड्न पायनौ हटीहाट भोट गर्यौ अहिले त अब घरैमा गाडि पुग्या हाम्मा छोरा नाति सुख पाउन्या भया” भन्दै खुसी ब्यक्त गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *