कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

हुम्लाको चंखेलीमा बोलेरो दुर्घटना हुँदा ७ घाइते

Share

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

घाईतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक छ ।   कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडकखण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालक सहितसात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दलेबताउनुभयो । 

   शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही रमुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएको जानकारी प्राप्तभएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएकासावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् । 

   दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोलीघट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो । 

गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारीप्राप्त भएको छ । 

ड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारीप्राप्त भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *