गाडी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्युु
सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी दुर्घटनामा हुँदा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को निधन भएको छ ।
भदौ ३ गते सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडिमा सवार उपाध्यक्ष कार्कीको निधन भएको हो ।
सो गाडि सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा कार्की गम्भिर घाइते भएका थिए । नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा राति १ बजेर ४५ मिनेटमा उनको निधन भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
कार्कीको गएराति २ बजे निधन भएको अस्पतालले जनाएको छ । गाडीमा सवार २४ जना पनि घाइते भएका थिए । उनीहरुको पनि उपचार भइरहेको छ ।
उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा गत निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । कार्कीको निधन भएसँगै उपाध्यक्ष पद रिक्त भएको छ ।
उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान् हुन् । उपाध्यक्ष कार्की माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्यसमेत थिए ।