कर्णाली प्रदेशप्रदेश समाचारसमाचारसूचना-प्रविधि

राजेश विश्वकर्माद्वारा अभिनित ‘बदनाम उपहार’ काे म्युजिक भिडियाे सार्वजनिक

Share

जुम्ला । जुम्लाका कलाकार राजेश विश्वकर्माले अभिनय गरेकाे ‘बदनाम उपहार’ म्युजिक भिडियाे  सार्वजनिक भएकाे छ । बाल्यकालदेखि नै कलाकारितामा रुचि राख्दै आएका विश्वकर्माद्वारा अभिनित म्युजिक भिडियाे सार्वजानिक भएकाे छ ।

उक्त म्युजिक भिडियाेमा टिकटकबाट चर्चामा आएर माेडेलिङमा प्रबेस गरेकी पवित्रा साकी (मिस पवि) काे समेत अभिनय रहेकाे छ।

विशाल निराैलाकाे युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियाे विहीबार सार्वजनिक भएकाे हाे ।

भिडियाेमा असफल प्रेम कथाकाे विषय समेटिएकाे छ । जसमा राजेश र मिस पविले प्रेम प्रेमीकाे भुमिका निभाएका छन् । यदपी त्याे प्रेम भने सफल हुदैन् ।

दुबै जनाले छुट्टा छुट्टै प्रेम सम्बन्ध राख्छन् । जसका कारण उनिहरुकाे सम्बन्ध बदनाममा परिणत हुन्छ ।

गीतमा विशाल निराैला र मनिसा सुनारकाे स्वर रहेकाे छ ।गीतका शब्द/ म्युजिक आकाश सुनारकाे रहेकाे छ । यसका ऐरेन्जर विशाल निराैला स्वयम् हुन् ।

स्टाेरी र निर्देशन दिनेश ठगुन्ना,सहायक निर्देशक नरेन्द्र विश्वकर्मा रहेका छन् । राजेश र मिस पविलाई अभिनयमा सुनिल काफ्ले र अनिसा नानुले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *