सेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो
काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो । २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो । सबै क्षेत्रका सूचक बढेका छन् । अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे ।