कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

जल तथा जलीय जैविक विविधता संरक्षण विधेयक २०८० सम्वन्धि क्षमता अबिबृदि कार्यक्रम सम्पन्न

Share

अमेरिकी सहयोग निकाय (USAID) को आर्थिक सहयोगमा संचालित USAID जल जंगल परियोजना अन्तरगत प्रो पब्लिकद्रारा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको चौकुने गाउपालिका जन प्रतिनिधि एबम कर्मचारीहरुलाई गाउपालिकाको निमार्ण गरेको जल तथा जलीय जैविक विविधता संरक्षण विधेयक २०८०, सम्वन्धि २ दिने क्षमता अबिबृदि कार्यक्रम सम्पन्न भएको छ ।


मिती २०८१ असार २७ र २८ गते, पन्चपुरी नगरपालिकाको होटल डेभिडमा सम्पन्न भएको क्षमता अभिबृदि कार्यक्रममा सहभागीहरुलाई प्रो पब्लिकका महासचिब प्रकाश दाहाल, कार्यकारी निर्देशक श्री बाबुराम पौडेल, मत्स्य बिज्ञ श्री राजकपुर नापित लगायतले सहजीकरण गरेको उत कार्यक्रमा चौकुने गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकामा कार्यरत अन्य कर्मचारीहरुको उपस्थिती रहेको कुरा प्रो पब्लिकका परियोजना संयोजक झपिन्द्र अधिकारीले बताउनु भयो । कार्यक्रममा उपस्थित सहभागीहरुले सो विधयकमा रहेको प्राबधानका बारेमा थप जानकारी हुनुका साथै यस लाई कार्यन्वयनमा थप सशक्त भएर लाग्ने प्रतिबद्दता ब्यत गरेको थिए ।


सोही कार्यक्रममा उपस्थित USAID जल जंगलका प्रतिनिधि श्री बिनोद कुमार शाहीले सम्रग USAID जल जंगलको जानकारी दिदै पालिकाको यस विधेयकलाई कार्यन्वयनको चरणमा थप सहर्काय, समन्वय एबम सक्दो सहयोग गर्न तयार रहेको साथै यस बिधेयकको उचित कार्यन्वयनले यस पालिकामा रहेको जल एबम जलीय विविधता संरक्षणमा सकारात्कम मद्दत हुनेमा आफु आशाबादी रहको भनाई ब्यत गर्नु भएको थियो ।


रहेका जैविक विविधता संरक्षणका लागि आगामी दिनमा गाउपालिकासंग गदै अधि बढ्ने प्रतिबद्दता ब्यत गर्दै, हाल संचालन हुन गईरहेको यो परियोजना स्थानिय समुदाय, गाउपालिका, प्रो पब्लिक एबम अन्य सरोकारवालाहरुको समन्वयमा परियोजनाले लिएको लक्ष्य प्रात्ति गरि यसबाट यस क्षेत्र हरेका गरिब एबम बिपन्न समुदायका मानिसहरुले सकारात्मक लाभ लिन सफल रहुन भनि शुभकामना ब्यत गर्नु भयो ।


कार्यक्रममा समापन कायक्रमा बोल्दै गाउपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन आर्चायले आफु र आफ्ना कर्मचारीहरु यस विधेयकको सफल कार्यन्वयनलाई प्रतिबद्द भएर लाग्ने र कार्यन्वयनको सिलशिलामा केहि समस्याहरु आएका आवश्यक सहजिकरण गर्दै अधि बढ्न तयार रहेको कुरा ब्यत गर्नु भयो ।


अन्तमा कार्यक्रमको समापनमा बोल्दै गाउपालिका अध्यक्ष खड्क बि।कले यो विधेयकको आवश्यकता महशुस गरेको पालिकाले USAID जल जंगलको सहयोगमा निमार्ण गरेका र आगामी दिनमा सम्पुर्ण समुदायको सहयोगमा कार्यन्वयन गरि यस पालिका भित्रको रहेका जल एबम जलीय जैविक विविधताको संरक्षण गदै अधि बढ्ने आफ्नो र सम्रग पालिकाको लक्ष्य रहको कुरा ब्यत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *