प्रदेश समाचारफिचरराजनीतिसमाचार

कर्णालीमा सत प्रतिशत मतदान

Share

सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदान सकिएको हो । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले शतप्रतिशत मतदान सकिएको जानकारी दिए । उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन्।

यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

अबको केहि समयपछि मतगणना सुरु हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *