राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै उम्मेदवार विजयी
काठमाण्डाै । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसका महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जितजंग बस्नेत, नेकपा माओवादी केन्द्रका अपांगतातर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।
महिलातर्फ विजयी भएका पुडासैनीले ६ हजार ६२२ मतभार, अन्यमा बस्नेतले ६ हजार ५३१ मतभार, अपांगतातर्फ अधिकारीले ६ हजार ३८३ मतभार र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरर बिजयी भयका हुन।