प्रदेश समाचारफिचरविजनेससमाचार

दैलेखमा कर्णाली प्रदेश स्तरिय ब्यापार मेला हुने

Share

दैलेख।  उघोग बाणिज्य संघ, दैलेखले कर्णाली प्रदेश स्तरिय ब्यापार मेला गर्ने भएको छ ।

बुधबार नेपाल उघोग बाणिज्य महासंघ, केन्द्रिय कार्यालय काठमाडौमा आयोजित मेला सम्बन्धि कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत गरिएको पत्रकार सम्मेलनमा दैलेख उघोग बाणिज्य संघले कर्णाली प्रदेश स्तरिय, कर्णाली प्रदेश औघोगिक, पर्यटन कृर्षि तथा ब्यापार मेला (२०८०) सन्चालन गर्ने भएको छ।

पर्यटन तथा ब्यापार प्रबद्दनको मुख्य उदेश्य राखेर गर्न लागिएको उक्त मेला माघको २६ गतेदेखि शुरू भई फाल्गुनको ६ गतेसम्म रहने साथै उक्त मेलामा ३०० भन्दा बढी ब्यापारिक स्टलहरू रहने, उक्त स्टलमा तरकारि बिउ बिजन, घरेलु उघोगबाट निर्मित छालाका जुत्ता गारमेन्ट, स्थानिय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सुचना प्रबिधिसम्मको स्टलहरू प्रदशनिमा राखिने दैलेख उघोग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले बताए ।

प्रदेश स्तरिय मेला हुने भएकोले उक्त कार्यक्रम भब्य र शब्य रूपमा सन्चालन गर्न आबश्यक तयारिहरूमा लागेको र उक्त मेला अबलोकन गर्न कर्णाली प्रदेश लगायत बिभिन्न ठाउहरूवाट करिव एक लाख भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र सो अबधिभर करिव दुई करोडभन्दा बढि कारोवार हुने दैलख उघोग बाणिज्य संघका महासचिब प्रकाश पौडेलले बताए ।

नेपाली पहिलो भाषाको शिलालेख भएको ठाउ, पञ्चकोशी क्षेत्र, जहा अखण्ड ज्वाला सदियौ देखि बलिरहेको ठाउ, ऐेतिहासिक पाण्डबद्वारा निर्मित देवलहरू, धार्मिक क्षेत्र, बिभिन्न प्राचिन सम्पदाहरूको ब्यापक प्रचार प्रसार, धार्मिक पुरातात्तिक तथा पर्यटकिय स्थलहरूको प्रचुर सम्भावना बोकेको दैलेखको ब्यापक प्रचार प्रसार नभएकै कारणले आझेलमा परेको हुदा, यि र यस्ता खालका मेला, महोत्सवले जिल्लालाई बिश्वसामु चिनाउनको लागि जिल्लामा मेला आयोजना गर्न लागेको अध्यक्ष बिकले बताए ।

निजि क्षेत्रकै अगुवाई बहस पैरबि गर्ने सस्था उघोग बाणिज्य संघले आयोजना गर्न लागेको मेलामा जिल्लामा स्थानिय तह, स्थानिय प्रशाशन, प्रदेश उघोग बाणिज्य महासंघ, नेपाल उघोग बाणिज्य महासंघ केन्द्रिय कार्यालयसङ्ग समेत उपयुक्त सल्लाहको साथ उक्त निकायहरूले मेला सन्चालनमा अनुमति दिनुका साथै भरपुर सहायोग गर्ने बचन समेत पायको महासचिव पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *