नेपाल क्रीकेट संघको बार्षिक क्यालेन्डर सार्बजनिक
काठमाण्डाै । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नाे २०२४ को वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । क्यानले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण पनि रहेको छ ।
त्यस्तै नेपालमा पनि धेरै खाले सिरिजको पनि प्रवन्ध गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
नेपालले फ्रेब्रुवरी १० देखि १४ सम्म क्यानडासँग एकदिवसीय सिरिज खेल्नेछ ।
त्यस्तै फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले अर्को त्रिदेशीय सिरिज खेल्ने छ।