फिचरराजनीतिसमाचार

वीरेन्द्रनगर –३ का वडाध्यक्ष विष्ट धरौटीमा छुटे

Share

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा छुटेका छन्। रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट बिहीबार धरौटीमा छुटेका हुन्।

उच्च अदालत सुर्खेतको संयुक्त इजलासले विष्टलाई धरौटीमा छोड्न आदेश दिएको इजलास अधिकृत विनोद आचार्यले जानकारी दिए। साउन २१ गते जिल्ला अदालत सुर्खेतले उनीसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले वडाध्यक्ष विष्टसँगै सुशील भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरेको थियो।

उच्च अदालतले वडाध्यक्ष विष्टलाई ५ लाख, सुशील भनिने प्रेमलाई ४ लाख र बलिराजलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो। स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *