खेलकुद

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

Share

एसिया कपमा आज भारत र पाकिस्तानकाे खेल हुदै छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न तीन बजेर पन्द्र मिनेट देखि खेल सुरू हुनेछ।

भारत-पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।

यसअघि समूह चरणमा भारत-पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्।

सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दैछ। यसअघि बुधबार बंगलादेशलाई ७ विकेटले हराएर पाकिस्तानले सुपर फोरमा  सुखद सुरुवात गरिसकेको छ।

सुपर फोर अन्तर्गत हिजो भएको खेलमा पनि बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्।

भारतविरूद्धको खेलका लागि पाकिस्तानले शनिबार नै टिम घोषणा गरिसकेको छ। बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), फखर जमन, इमाम उल हक, सलमान अलि अघ, इफ्तिखर अहमद, मोहम्मद रिजवान, फहिम असरफ, नसीम शाह, शाहिन शाह अफ्रिदी र हरिश रौफ पाकिस्तान टिममा छन् भने भारतले भने टिम घोषणा गरिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *