खेलकुद

फिफा वरियतामा नेपाल यथावत्

Share

फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो। गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो।

नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ ।

त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौँ स्थानमा छ । त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौ र कोलम्बिया दशौँ स्थानमा रहेका छन्।  पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *