प्रमाण पत्र सम्म पाएनन् कर्णालीका खेलाडीले
सुर्खेत – ९औ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटका लागि कर्णाली प्रदेशका विभिन्न विधाका सहभागी एवम् विजेता खेलाडिहरुलाई कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रमाण पत्र सम्म दिन सकेन। विगतका प्रतियोगितामा विभिन्न शिर्षकमा सेवा सुविधा पाउने गरेका दशै जिल्ला बाट सहभागी खेलाडीहरुले यस पटक भने पाउन सकेनन् । राष्ट्रले खेलकुदलाई देशको गौरव र खेलाडीलाई देशको गहना मान्दै आएता पनि कर्णाली प्रदेश खेलकुद परिषद्ले भने खेल र खेलाडीको कुनै मर्यादा राखेन ।
कर्णाली प्रदेश खेलकुद परिषद्को यस निर्णय प्रति परिषद्का सदस्यहरुनै असन्तुस्ट रहेको पाइएको छ । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य हेमा खड्काले आफ्नो फेसबुकमार्फत जनाउनुभएको असन्तुस्ट– “चौतर्फी म उत्तर दिन सक्दिन यति थाहा छ ,बिना तयारी,बिना सल्लाह ९ औ राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश खेलकुद प्रतियोगिता छनोट गर्दा परिणाम राम्रो निस्कियन। अरु प्रदेशमा छनोट प्रकिया भैरहेको अवस्थामा छ्न ,हाम्रै कर्णालीमा हत्तारो किनरु १० औ पटकको बैठकसम्म कहिले गर्ने कसरि गर्ने कुनै कुरा टुंगो थियन, एकलौटी निर्णय गर्दा अहिले दोस भरी सद्स्य साथीहरूका नाममा नथुपारियोस।शक्तिका आडमा कति दिनसम्म खेलाडीलाई भ्रममा राख्नुहुन्छरुखेलकुद परिषद पबित्र मैदान हो,मर्यादित अनुशासित र लगशिल्ता हुनुपर्छ,खेलको लामो अनुभवमा कुनै खेल प्रतियोगिता त्यस्तो देखिन कि जहाँ खेलाडीलाई सम्मान प्रमाणपत्र,मेडल अनि भत्ताको ब्यबस्था हुनेगरेको तर कम्तिमा खेलाडीलाई मेडल प्रमाणपत्र दिदा राम्रो हुनेथियो। खेल सुरु गर्नु पुर्ब कम्तिमा सबै खेलका बिज्ञ राखी फाइनल गरिनुपर्थियो। समयमै भत्ताको ब्यबस्थापनमा ध्यान दिइन्पर्थियो,कर्मचारी नै राजनीति गर्न थालेपछी, पदको ख्याल गर्न नसकेपछी यस्ता समस्या सधै आइलाग्नेछ्न, पदिय जिम्मेवारीको ख्याल पनि गरिनुपर्थियो,गल्ति भयकै छ त्यसैले गल्ती स्विकार्नु नै बुद्दिमता हुनेछ। हरेक बैठकमा नितिगत कुरा उठायका छौ सम्रग खेलकुदको बिकासको लागि कुरा गरेकै छौ। यति गर्दा गर्दैपनि हामी सद्स्यको कारणले खेलकुद अस्तब्यस्त भयकै हो भने अनुसन्धान उपर कारबाही गरियोस।”