राजनीतिसमाचार

कर्णालीका मुख्यमन्त्री र पुर्व मन्त्रीहरु बिच प्रतिस्पर्धा

Share

सुर्खेत – हुम्लामा पुर्व दुई मन्त्री र मुख्य मन्त्री बिच प्रतिनिधि सभाका लागी प्रतिस्पर्धा हुने देखिएको छ । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य दल रावल ,माओवादी केन्द्रबाट छिरीङ डम्डुल लामा (कार्चेन), कांंग्रेशबाट मुख्य मन्त्री जिवन बहादुर शाही हुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । यसैगरी नेकपा एकिकृत समाजवादीले प्रतिनिधि सभाको उम्मेद्वारका रुपमा तिर्थराज रोकायालाई एकल सिफारिस गरिसकेको छ ।
रावल कर्णालीको पहिलो सामाजिक विकास मन्त्री हुन्, लामा उद्योग पर्यटन वन तथा वातावरसण मन्त्री हुन भने जीवन बहादुर शाही वर्तमान मुख्यमन्त्री हुन् । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हुम्लामा ०७४ मा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४ सय ९१ मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी अहिले माओवादीमै छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *