जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु
सुर्खेत । जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको जीप दुर्घटनामा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही गाउँपालिका ५ मटेलाका मालिका बस्नेत, कृष्णबहादुर शाही, ११ वडा नम्बरका कृतिबहादुर शाही, स्वास्थ्यकर्मी खेमबहादुर शाही रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा दुई जना वेपत्ता छन् ।गम्भीर घाइते नरबहादुर बुढालाइ भने पालिकाकै गाडीमा थप उपचारकाे लागि सुर्खेत पठाइएकाे प्रजिअ बरालले बताए । उनकाअनुसार जीप सडकबाट अन्दाजी पाँचदेखि सात सय मिटर तल खसेकाे छ ।
दुर्घटनाकाे कारण नखुलेका र वेपत्ताकाे खाेजीकाे लागि स्थानीस र प्रहरीले खटिएकाे प्रमुख जिल्ला अधिकारी बरालकाे भनाइ छ ।