हुम्लाकी भुपिका शाही साफ अन्डर–१७ महिला च्याम्पियनसिपका लागि छनोट
काठमाडौँ । साफ अण्डर – १७ महिला क्याम्पियनसिपका लागि हुम्लाकी भूपिका शाही राष्ट्रिय टिममा छनोट भएकी छन् । भुटानमा हुन लागेको सो प्रतियोगिताका लागि शाही छनोट भएकी हुन् ।

हुम्लाकी शाही साफ अण्डर –१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय खेलाडीका रुपमा छनौट भएको अखिल नेपाल फुटबल संघले (एन्फा) जनाएको छ । एन्फाले सार्वजनिक गरेको राष्ट्रिय महिला खेलाडीको ३५ सदस्यीय टोलीमा शाहीको नाम पनि समेटिएको छ।

छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा भाग लिनका लागि साउन ८ गते अनिवार्य रुपमा सक्कल नाबालक परिचयपत्र र पासपोर्ट सहित मकवानपुरको रेगल हेटौँडा रिसोर्टमा बोलाईएको छ ।
शाही कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाको चङ्खेली गाउँपालिका– २ को दार्मा (गर्खा) गाउँकी स्थायी बासिन्दा हुन् । शाही चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीकी छोरी समेत हुन् ।
