फिचरबाग्मती प्रदेशविजनेससमाचारसूचना-प्रविधि

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बासडर

Share

काठमाडौं। नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । सोमवार एक कार्यक्रमबीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र अभिनेत्री खड्काले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवर्द्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्रान्ड एम्बासडर खड्काले नेपाल टेलिकम जस्तो स्थापित संस्थासँग आबद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बासडरको रूपमा कम्पनीको हित अभिवृद्धि हुनेगरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । सम्झौतामा ब्रान्ड एम्बासडरले नेपाल टेलिकमका सेवाको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्य गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *