कर्णालीमा माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीद्वारा राजीनामा
कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आज मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउनु भएको हो ।