खराव मौसमका कारण हुम्लामा हवाई सेवा अवरुद्ध
हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट एअरपोर्टमा खराव मौसमका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।
नेपालगञ्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरेपनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको छ ।
सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन् । नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिनभरि विमान कुरेर फर्कने गरेका छन् ।