कर्णाली प्रदेशफिचरसमाचार

सिमकोट गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न

Share

हुम्ला । सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड २८ लाख ४५ हजार बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाले ल्याएको बजेटमा कृषि र पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रुपमा कृषिमा रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण, रैथाने बाली प्रवर्द्धन, सूचना प्रविधिजस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताए । गाउँसभामा गाउँपालिका अध्यक्ष भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ।

उपाध्यक्ष सुशिला रोकायाले आर्थिक वर्ष ०८१/०८२ का लागि ४९ करोड २८ लाख ४५ हजारको बजेट प्रस्तुत गरेकी थिईन् । यसलाई आयतर्फ आन्तरिकमा एक करोड ७९ लाख पचास हजार, राजस्व बाँडफाँडबाट ९ करोड ३२ लाख ४९ हजार ३४५, सङ्घीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण ३२ करोड २३ लाख ८६ हजार र प्रदेश सरकारबाट बित्तीय हस्तान्तरण पाँच करोड ९१ लख २४ हजार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *