नाग्म-गमगडी सडक १५ दिन बन्द गरेर स्तरोन्नती गरिदै
जुम्ला । पर्यटकीय गन्तव्यका रुपमा रहेको रारा तालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ
।
सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान साढे पाँच बजेदेखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछ ।
निर्माणाधीन नाग्म–गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका जुम्लाले जनाएको हो ।
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने बताइएको छ।