खेलकुदप्रदेश समाचारफिचरसमाचार

साईकल यात्रामा विश्व भ्रमण गर्दै कर्णालीका युवा

Share

मुगु – कर्णाली प्रदेशका तीन युवाहरू साईकल मार्फत विश्व भ्रमणमा निस्किएका छन् ।

नेपालकाे पर्यावरण संरक्षणका साथै  पर्यटन प्रवर्दनमा टेवा पुर्याउनुका साथै नेपाल लाई विश्व सामु चिनाउने उद्देश्यले  काठमाडौंकाे पशुपतिनाथ बाट नेपालकाे राष्टिय झण्डा सहित साईकल यात्रा शुरू गरेका छन्  बिश्वमा शान्तिकाे सन्देश फैलाउनुकाे साथै  नेपालकाे पर्यटन बिकास र पर्यावरण सरक्षणका लागि बिश्व सामु  सन्देश फैलाउने उद्देश्यका साथ आफुहरू विश्व साईकल यात्रीका रूपमा आफ्नाे  यात्रा तय गरेकाे  छायाँनाथरारा नगरपालिका वडा नं १  निवासी अजय मल्लले बताय ।

बिश्वका देशहरू बिच असमझदारी बढी लडाई , झगडा भैरहेकाे परिपेक्षेमा  नेपाल एक शान्तिकाे देश भएकाले शान्तिकाे सन्देश बिश्वभरि फैलाउने र विश्व जगतमा  सन्देश मार्फत बिश्वमा शान्ती कायम रहाेस  भन्ने पनि साईकल यात्राकाे उद्देश्य रहेकाे   विश्व साईकल यात्री मल्लले बताय ।  विश्व साईकल यात्रामा दैलेखका  केशभ प्रसाद रिजाल र सनत प्रसाद रेग्मी सहित तीन जना युवाहरू सङ्लग्न रहेका छन् । 

नेपालकाे पशुपतिनाथबाट साईकल यात्रा शुरू गरि भारत, पाकिस्तान, लावस , थाईलेण्ड, भुटान, बंगलादेश, चिन, लगायतका देशहरूकाे भ्रमण गर्ने  कार्य तालिका रहेकाे पनि यात्री मल्लले बताय । यस अघि यस साईकल यात्रीकाे टाेलिले मेचि देखि महाकाली सम्मकाे यात्रा साइकल मार्फत गरिसकेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *