प्रदेश समाचारराजनीति

नेकपा एमाले संसदीय दलका नेता कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

Share

सुर्खेत – नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की पुनः सरकारको नेतृत्वमा फर्किएका हुन् ।

संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीको दल एमालेबाट तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

अल्पमतको सरकार बनाएका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *