पाकिस्तानमा जुवातास खेलेको आरोपमा गधा पक्राउ (भिडियो)
पाकिस्तानमा निकै अनौठो घटना भएको छ । जुवातास खेलेको आरोपमा त्यहाँ एउटा गधा पक्राउ परेको छ ।
पत्रकार नाइला इनायतले गधाको भिडियो पोस्ट गरेकी छन् । गधा अन्य आरोपितहरूसँग देखिन्छ । इनायतले समा टीभीको लिंक पनि शेयर गरेकी छन् जसमा घटनाको विस्तृत विवरण दिइएको छ ।
पञ्जाब प्रान्तको रहीम यार खानमा प्रहरीले छापा मारेर आठजनालाई गधासँगै पक्राउ गरेको थियो । अधिकारीहरूले एक लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेका थिए ।
प्रहरीका अनुसार, आरोपितविरुद्ध उजुरी दर्ता गरिँदा गधाको नाम पनि समावेश गरिएको थियो । गधाको नाम पनि उजुरीमा भएकाले त्यसलाई छोड्न नमिल्ने प्रहरी कार्यालयका प्रमुखले बताए ।