हुम्लाका ७ बर्षिय स्वामिकले जिते अन्तर्राष्ट्रिय स्वर्ण
हुम्लाका ७ बर्षिय स्वामिक ले अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन ।

मलेसियामा भएको सातौं हिरोज इन्भिटेस्नल तेक्वान्दो कपमा हुम्ला जिल्ला सर्केगाड गाउंपालिका वडा नम्बर २ निबासी स्वामिक महताराले पहिलो अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका हुन । सानो उमेरमा नेपालको प्रतिनिधित्व गरि नेपाललाई गोल्ड मेडल दिलाउन सफल भएको महताराका बुवा बिस्नु महताराले बताए ।

महताराका अनुसार तेकवान्दोमा हुम्ला बाट सानो उमेरमा पहिलो अन्तर्राष्ट्रिय पदक बिजेता भएको पनि दाबी गरे ।
मलेसियामा अगस्ट ७ देखि संचालन उक्त कपमा विभिन्न समुहका ३० देसका करिब ३० हजार खेलाडिले भाग लगेका थिए ।
स्वामिक ललितपुरमा रहेको न्युजेन स्पोर्टसका नियमित खेलाडी समेत हुन ।