नेपाल क्रीकेट संघको महाप्रबन्धकमा उत्सब ढुंगाना नियुक्त
काठमाण्डाै । नेपाल क्रीकेट संघ (क्यान) को महाप्रबन्धकमा उत्सब ढुंगाना नियुक्त भयका छन।
क्यानले सन २०२४ का लगि उत्सब ढुंगानालाइ प्रशासनको जिम्मा दिने निर्णय गरेको हो। सधै जसो बिबादास्पद ररिरहने क्यान पारस खडकाको आगमन भय संगै सुधारोउन्मुख हुदै गयको छ। भरखरै क्यानले आफ्नो २०२४ को क्यालेन्डर पनि सार्बजनिक गरेको थियो।
यसअघि गत असारमा अध्यक्ष चतुरबहादुर चन्दसँग विवाद भएपछि तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएका थिए।
त्यसपछि क्यानले नया महाप्रबन्धकका लागि सुचना जारि गरेको थियो सुरुमा ६८ जनाको निवेदन परेको थियो। १४ जनाको सर्टलिस्ट गरेर लिखित परीक्षा लिएपछि ७ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो। जसमा कार्ययोजना समेत प्रस्तुत गर्न लगाइएको थियो भने अन्तिममा क्यानको छनोट समितिले ढुंगाना लाइ नियुक्त गरेको हो।
महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल थिए।अब यो निर्णयलाई कार्यसमितिबाट पास गर्नु पर्नेहुन्छ।