प्रदेश समाचारफिचरसमाचार

सुर्खेतमा भोलि सरकारी सवारी साधन पूर्ण रुपमा बन्द गर्ने

Share

सुर्खेत । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आन्दोलन जारी रहेको छ । वीरेन्द्रनगरमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गर्दै सरकारविरुद्ध चरमवद्ध आन्दोलन सुरु भएको छ ।

कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा सुरु गरेको युवा विद्रोहले भोलि प्रदेश राजधानी सुर्खेतमा सरकारी सवारी साधन पूर्ण रुपमा बन्द गर्ने घोषणा गरको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन संघर्ष समितिले युवा विद्रोह सुरु गरेको हो ।

आन्दोलन संघर्ष समितिले दोषिलाई कार्वाही र मृतक युवाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका मागहरु राख्दै भोलि सुर्खेतमा सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा सम्पूर्ण सवारी साधन बन्द गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *