राजनीतिसमाचार

कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

Share

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सीट बाँडफाँटको अन्तिम सहमति  जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए ।  सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको  थियो ।

बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *