राजनीति

कर्णाली प्रदेशप्रदेश समाचारफिचरराजनीतिसमाचार

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

सुर्खेत-सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।  नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्।   देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत-१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ।  बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन । यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् । पटक-पटक निर्वाचित हुँदै आएका  पूर्णबहादुर  खड्काप्रति सुशासन र  विकासका सवालमा  अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ । त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Read More
फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड 

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना भएको छ। आज बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड कार्यक्रम तय गरिएको हो। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो। परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाएका थिए। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व भएको यो एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन भएका छन। पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना भएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गरेको छ। एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गरेको छ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वा समुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी छ। 

Read More
फिचरराजनीतिसमाचार

घुसकाण्डमा जोडिइन् रञ्जिता : ‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’   

काठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको भेटिएको छ

Read More
अन्यकर्णाली प्रदेशफिचरराजनीतिसमाचार

कर्णालीका पूर्वमन्त्री बुढालाई झोले विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार विशेष

Read More
प्रदेश समाचारफिचरबाग्मती प्रदेशराजनीतिसमाचार

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाअचार मुद्दा दायर

‘असख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडींमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतप्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाचारमुद्दा दायर गरेको छ। सामाखुसी कोरिडोरअन्र्गत

Read More
फिचरराजनीतिसमाचार

बानेश्वर शिक्षक र प्रहरीबीच झडप

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले

Read More
फिचरराजनीतिसमाचार

शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त

Read More
फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

तीनकुनेमा तोडफोड र फोहोर गरेकोमा काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ। दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि

Read More
फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी १ हजार १ सय २

Read More
फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

जुध्नु परे तयार छु, सम्झौता गर्दिनँ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूविरुद्ध भ्रम फैलाइएको आरोप लगाएका छन्। फेसबुकमा ६ बुँदे व्यख्यासहित उनले सरकार, प्रधानमन्त्री,

Read More